१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २७ साउन । प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा मंगलबार सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गर्नु भएको छ ।

बैठकमा प्रदेशका मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले आगामी दिनमा चाल्नु पर्ने कदमहरुका बारेमा सुझाव दिनु भएको थियो । सरोकारवालापक्षहरुले दिएको सुझावको आधारमा थप कदम चालिने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । विज्ञ र सरोकारवाला पक्षहरुले आवश्यकता, समन्वय र ठाउँअनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव दिनु भएको छ ।

मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताउनुभयो । तीनै तहबीच आवश्यक समन्वय हुनुपर्छ मुख्यमन्त्री राईले भन्नुभयो कोभिड १९ मा तीनै तहबीचको आवश्यक समन्वयका कारण कोभिड महामारी नियन्त्रणको काममा सहज भएको बताउनुभयो । कतिपय अवस्थामा समन्वय नभएको हुन सक्छ, तपाईहरुको सुझावको आधारमा थप समन्वय र सहकार्य हुनेछ मुख्यमन्त्री राईले भन्नुभयो ।

झापा, मोरङ्ग, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको बारेमा जानकारी गराउनु भएको थियो । उद्योगी व्यवसायीहरुले नीजि अस्पताल र होटलहरुलाई पनि आइसोलेशन बनाउन सुझाव दिएका थिए । उनिहरुले पनि लकडाउन गर्दा समन्वय गरेर मात्र गर्नुपर्ने नत्र लकडाउनको कुनै अर्थ नरहने बताएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरुले अस्पतालहरुबीच समन्वय गर्नुपर्ने बताउनुभयो । दिर्घरोगीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने लगायतका उहाँहरुको सुझाव थियो । स्वास्थ्य क्षेत्रबाट डा. सञ्जीव शर्मा, डा. सूर्य पराजुली, पंकज खतिवडा, डा. मोहन, डा. शंकर अधिकारीको उपस्थिति थियो ।

नगरपालिकाहरुबाट सूर्योदय नगरपालिका आरबी राई, विर्तामोड नपा, ध्रुव सिवाकोटी, दमक नपा, रोमनाथ ओली, रंगेली नपा, दिलिप अग्रवाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले सुझाव दिनु भएको थियो । सुरक्षा निकायका प्रमुखहरुले सिमा सुरक्षालगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

मंगलबार, साउन २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]