०५ साउन २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, २७ साउन । प्रहरीले विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको सामानहरु बरामद गरेको छ ।
प्रहरीे मंगलबार मोटरसाईकल, ग्याँस चुल्होका पार्टपुर्जाहरू, चिनी, युरिया मललगायतका सामानहरु विभिन्न स्थानबाट वरामद गरेको हो । साथै प्रहरीले भारततर्पm निकासी गर्न लागेको हरियो मटरसमेत बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिराटनगर–१६ दरैया टोलमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको मोटरसाइकल तथा ग्यास चुल्होका पार्टपूर्जाहरु वरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले सुनवर्षी नगरपालिका–९ डाइनिया बजारबाट २ बोरा युरिया मल बिआर३७सि ५०९१ नम्वरको मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीलाई देख्नासाथ सामान छाडी मानिस फरार भएको खोजतलास भइरहेको जनाइएको छ । वरामद गरिएको सामान आवश्यक कार्वाहीका लागि प्रहरी चौकी डाइनियामा ल्याई राखिएको प्रहरीले जनाएको छ । वरामद गरिएको युरिया मल १ हजार ८ सय बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि सोही प्रहरीको टोलीले धनपालथान–२ पौठाबाट नेपालबाट अवैध रुपमा भारततर्पm लैजाँदै गरेको ६५ केजी हरियो मटर बरामद गरेको छ ।
वरामद गरिएको सामानहरु बिराटनगर मूल भन्सार कार्यालय रानीमा बुझाउने प्रहरीले जनाएको छ ।

मंगलबार, साउन २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]