०८ चैत्र २०८१, शनिबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

बिराटनगर, २७ साउन । प्रहरीले अवैध लागु औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी बिराटनगरबाट खटिएको प्रहरीको टोलीले मंगलबार साढे ११ बजे बिराटनगर–१६ हुलास चोकबाट भारत जोगवनी नगर पंचायत–१० का अमित चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले हुलास टोलमा चौधरीलाई शंका लागि चेक जाँच गर्ने क्रममा चौधरीले बोकेको झोला भित्र राखी २० बोतल डाइलेक्स–डिई फेला पारेको हो ।
चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मंगलबार, साउन २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]