३१ आषाढ २०८१, आइतबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २७ साउन । प्रदेश नं. १ मा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च संख्या हो ।
मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, उदयपुरको बेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।
प्रदेश १ मा मंगलबार १ हजार ६ सय ८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएका छ ।

मंगलबार, साउन २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]