विराटनगर, २३ साउन । अग्रपंक्ती खटिइ समाजलाई कोभिड–१९ संक्रमण फैलिन नदिन सुशुुचित गराउन महत्वपूर्ण भूमिका खेल्ने संचारकर्मीहरुको सुरक्षाका लागि कार्य गर्नुपर्नेमा सहभागीले जोड दिइएका छन् ।
लायन्स क्लव तथा लियो क्लव गोग्राह, विराटनगरले नेपाल पत्रकार महासंघ मोरङका पत्रकारहरुलाई कोभिड–१९ बाट सुरक्षाका लागि सहयोग गर्न शुक्रबार यहाँ आयोजित एनएम ९५ माक्स वितरण समारोहमा वक्ताहरुले जोखिममा कार्य गर्ने पत्रकारहरुको कार्यलाई सम्मान गर्दै स्वास्थ्य सुरक्षामा समाजले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
क्लवका पंकज वर्मा र उद्यमी जनता समाजवादीका नेता तेजलाल कर्णले महासंघका मोरङ सभापति बन्धु पोखरेललाई माक्स हस्तान्तरण गर्नु भयो ।
लियो तथा लायन्स क्लवका पंकज वर्मा, लिला ढुंगेल महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले क्लवले विराटनगर भित्र संक्रमण फैलिन नदिन सुरक्षाका लागि आगामी एक महिनासम्म सबै क्षेत्रमा सेनिटाइज कार्य शुरु गरिएको बताउनु भयो ।
महासंघको भवनमा शुक्रबार सुरु भएको सेनिटाइज गर्ने कार्य जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, आन्तिरिक राजश्व कार्यालय बिराटनगरलगायत आसपासका क्षेत्रमा गरिएको जनाइएको छ ।