०२ कार्तिक २०७८, मंगलबार

दर्शन सम्वाददाता

१ वर्ष अगाडि

बिराटनगर, २२ साउन । प्रहरीले अवैध रुपमा भारततर्पm निकास गर्न लागिएको अवैध हरियो मटर बरामद गरेको छ ।
सिमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीको टोलीले बुधबार राति साढे १० बजे को१ख ४८८७ नं. को मिनी ट्रकमा ५ लाख बराबरको ६२५० केजी हरियो मटर बरामद गरेको हो ।
हरियो मटर निकासी हुने सूचनाका आधारमा खटिएको टोलीलाई देख्नासाथ ट्रक छाडी भागेको प्रहरीले जनाएको छ । ट्रक छाडी भागेपछि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो ।
बरामद गरिएको हरियो मटर धनपालथान–२ बस्ने दिलिप साहको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएकोेले खोजतलास भइरहेको प्रहरलिे जनाएको छ । उक्त हरियो मटर ट्रकसहित इप्रका रंगेलीमा ल्याई कार्वाहीका लागि बिराटनगर मूल भन्सार कार्यालय बुझाउने जनाएको छ ।

बिहिबार, साउन २२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]