०३ कार्तिक २०७८, बुधबार

दर्शन सम्वाददाता

१ वर्ष अगाडि

बिराटनगर, १७ साउन । बिराटनगरका एक पछि अर्को अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ ।
यसैक्रममा न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई शनिबार कोरोना पोजेटिभ पुष्टि भएको हो ।
बिराट नर्सिङ होममा समेत कार्यरत चिकित्सक न्यूरोमा आकस्मिक कक्षमा कार्यरत रहेका थिए । उनीलाई कोरोना पोजेटिभ पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको छ ।
आकस्मिक कक्ष सिल गरेसंगै उनीसंग सम्पर्कमा आएका विरामी तथा कर्मचारीसमेतलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको बिराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले बताउनु भएको छ ।
संक्रमित चिकित्सकलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुक्रबार नै पठाइएको छ ।
यसअघि विराट नर्सिङ होमका संचालक ज्ञानेन्द्रमानसिंह कार्कीका साथै विरामी, अन्य स्वास्थ्यकर्मी, कर्मचारीसहित एक दर्जनलाई कोरोना पोजेटिभ पुष्टि भइसकेको छ ।
त्यसैगरि कोशी अस्पताल बिराटनगरका चिकित्सकमा कोरोना पोजेटिभ भेटिएको छ भने म्याक्स अस्पताल बिराटनगरमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

शनिबार, साउन १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]