विराटनगर, १७ साउन । कोरोना भाइरस बढ्दै गएको भन्दै नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखा बिराटनगरले सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्न भनेको छ ।
संघले शनिबार विज्ञप्ती जारी गरी कोरोना भाइरसको संक्रमण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिरहँदा समुदायसम्म पुगिसकेको अवस्था रहेको भन्दै आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्न भनेको हो ।
विज्ञप्तीमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिरहेको अवस्थामा सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्पmत विरामीहरुलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनु हुन अनुरोध गर्दछौं भनिएको छ ।
संघका अध्यक्ष फरर्वाड सिलवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा सम्पूर्ण सर्वसाधारण जनताहरुमा पनि हाल यस विषम परिस्थितिलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका अन्य सेवाका लागि स्वास्थ्य केन्द्र नजानका लागि समेत अनुरोध गर्दछौं भनिएको छ ।