बिराटनगर, १७ साउन । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ले इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–उल–अजहा (बकर ईद) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रदेश प्रमुख अधिकारीले शनिबार शुभकामना सन्देश प्रकाशित गरी बकर ईदको सम्पूर्ण राष्ट्रपे्रमी नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको हो ।
उहाँले आज विश्व नै नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त पारिरहेको जनाउँदै भौतिक तथा सामाजिक दूरी कायम गरी बकर ईद पर्व मनाउँनु सबै इस्लाम धर्मावलम्बीहरूको अनिवार्य कर्तव्य बनेको कुरालाई स्मरण गराउँन चाहान्छु भन्नुभएको छ ।
शुभकामना सन्देशमा बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषताले युक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी इस्लाम धर्मावलम्बीहरू एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक हुन् भन्नुभएको छ । उहाँले बकर ईद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।