३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, १६ साउन । प्रदेश १ मा शुक्रबार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको
हो ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ६ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रबार परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार, साउन १६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]