११ माघ २०८१, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १३ साउन । कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आफै सतर्क हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा आयोजना गरेको कोभिड १९ सम्वन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमणको दर बृद्धि भएको बताउनुभयो । केही समयदेखि घटेको संक्रमण पछिल्लो एक सातामा बढेर गएको उहाँले बताउनुभयो ।
संक्रमण बढेसँगै सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । व्यक्ति आफै सतर्क नभए संक्रमण झन बढेर जाने मन्त्री घिमिरेले बताउनुभयो । कोरोना सम्वन्धि सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर भएपनि सर्तकता अपनाउन लगाउनुपर्नेमा उहाँको जोड छ । लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आफै सतर्क हुने समय आएको मन्त्री घिमिरेले बताउनुभयो ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा संक्रमण नियन्त्रणमा नआउने देखिएकाले सेवाग्राहीको रेकर्ड राखेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले व्यक्ति सचेत हुने बेला आएको बताउनुभयो ।
निजी अस्पताल संचालकहरुको संगठन (अफिन) का प्रदेश १ संयोजक डा. सुनिलचन्द्र अधिकारीले कोरोना संक्रमणबाट जोगिनका लागि अनुशासन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले होम आईसोलेसनमा बस्न सक्नेहरुलाई त्यस्तो सुविधा सरकारले दिनुपर्ने बताउनुभयो ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले अनुशासनमा बस्न नसके संक्रमण नियन्त्रणमा समस्या हुने बताउनुभयो । सीमामा सुरक्षा व्यवस्था कडा बनाईएको उहाँले बताउनुभयो ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक डा. डेनप्रसाद आचार्यले संक्रमण बढेसँगै सरकारले संक्रमितको उपचार गर्न नसक्ने भएकाले ब्यक्ति आपैm सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सुनसरीको दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा मोरङका नेता रामलाल साह, नेकपा महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली कांग्रेस विराटनगर कार्यबहाक सभापति अरुण न्यौपानेले प्रदेश सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको कोरोना संक्रमणको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

मंगलबार, साउन १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]