०८ चैत्र २०८१, शनिबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

बिराटनगर, १२ साउन । विभिन्न स्थानमा प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको खैनी, खाद मल, चिनीलगायतका अवैध सामानहरु बरामद गरको छ ।
प्रहरीले जहदा गाउँपालिका–३ स्थित लक्ष्मीनिया, जहदा–१ भुटाहा, विराटनगर महानगरपालिका–६ बरमपुरा केशलिया रिङरोड र विराटनगर–१४ जतुवा नहरमा ति सामग्रीहरु आइतबार बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले जहदा–३ लक्ष्मीनिया नजिकै सडक खण्डबाट अवैध रुपमा भन्सार छलि ल्याएको २० बोरा खैनी बरामद गरेको हो । बिहान ९ बजे अवैध रुपमा भन्सार छली ल्याएको सामग्री आवश्यक कार्वाहीका लागि बिराटनगर मूल भन्सार कार्यालय रानीमा बुझाएको जनाएको छ ।
त्यसैगरि आइतबार बिहान बिराटनगर–६ ब्रम्हपुरा केशलीया रिङरोडमा नेपालतर्पm ल्याउँदै गरेको २ बोरा खैनि जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरी चौकी बखरीबाट खटिएको टोलीले बरामद गरेको छ । देवानगंज–६ का अम्रेश मेहताले ल्याउँदै गरेको सो खैनी बिराटनगर मूल भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा–१ भुटाहामा भन्सार छली  नेपाल ल्याउँदै गरेको ४३ बोरा खाद मल, १ बोरा चिनी, सलाई ३ बण्डल र २ टिन (६० लिटर) खाने तेल बरामद गरेको छ ।

अवैध रुपमा आइतबार राती साढे ११ बजे ल्याउँदै गरेको ती सामग्रीहरु बरामद गरेको हो । फेला पारेका ४८ हजार २ सय बरामरको सामानहरु बिराटनगर मूल भन्सार कार्यालय रानी बुझाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले ११ बोरा खाद मल बिराटनगर–१४ जतुवाबाट बरामद गरेको छ । सो सामग्रीहरु बिराटनगर मूल भन्सार कार्यालय रानीमा बुझाएको प्रहरीले जनाएको छ ।

सोमबार, साउन १२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]