३१ आषाढ २०८१, आइतबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ९ साउन । प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको आरटी–पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले शुक्रबार हस्तान्तरण गर्नुभयो । पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुईवटा मेसिन तत्काल जडान गर्ने बताउनुभयो । उहाँले एउटा मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने बताउनुभयो ।
पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले प्रदेश १ लाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले कोरोना नियन्त्रणमा आएर सरकारले लकडाउन अन्त्य नगरेकाले अझैपनि सावधानी अपनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पीसीआर मेसिनले प्रतिघण्टा ९६ वटा नमूना संकलन गर्न सक्ने क्षमता भएको बताउनुभयो ।

शनिबार, साउन १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]