१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ९ साउन । प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, बा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३, इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरङको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ३५ पुगेको छ । प्रदेश १ मा शुक्रबार ५ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रदेश १ मा शुक्रबारसम्म ३८ हजार ६ सय ७१ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शनिबार, साउन १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]