३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, ९ साउन । प्रदेश नं. १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) संचालनमा आएको छ ।
मुख्यमन्त्री शेरधन राईले शुक्रबार ड्यासबोर्डको उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माणलगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो ।
ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा संचालित योजना, कार्यक्रमहरुको नियमित रुपमा अनुगमन, मूल्यांकन तथा सहजीकरण गर्न सहज हुने र आवश्यकताअनुसार नियन्त्रण गर्न सकिने मुख्यमन्त्री राईले बताउनुभयो ।
सिएम ड्यासबोर्डमार्फत प्रदेशका नागरिकहरुको जिज्ञासा, गुनासा तथा सुझावहरु ग्रहण गरी सम्बोधन गर्ने प्रदेश सरकारको योजना रहेको छ । त्यसै अनुरुप ड्यासबोर्ड संचालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
ड्यासबोर्डमा प्राप्त हुने सूचनाहरुका आधारमा मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रालय, निर्देशनालय, आयोजनाहरुबाट संचालन भईरहेका कार्यक्रमहरुको भौतिक तथा वित्तिय प्रगतिको समिक्षा गरी तत्कालै आवश्यक निर्देशन, सुझाव र समन्वय गर्न सघाउ पुग्नेछ ।
यो ड्यासबोर्डबाट दैनिक भइरहेका प्रगतिको अनुगमन तथा मूल्यांकन हुने र त्यही आधारमा आवश्यक सहयोग र निर्देशन हुनेछ । जसका कारण संचालित सबै योजना कार्यक्रमहरुको उच्चस्तरको प्रगति हुने र सेवा विस्तारमा सहयोग पुग्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । ड्यासबोर्डमा प्राप्त हुने सूचनाका आधारमा प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन हुनुका साथै योजनाहरुमा आई परेका समस्याको समाधान गर्न सहयोग पुग्नेछ ।
यसबाट स्थानीय तह र संघीय सरकारबाट समेत संचालन हुने कार्यक्रमहरुको दोहोरोपन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ड्यासबोर्डबाट प्रदेश र स्थानीय तहका कार्यक्रमहरुको समन्वयसमेत हुनेछ । प्रदेशअन्तर्गत संचालित सबै खालका कार्यक्रमहरुको प्रगति समिक्षा गर्न र आवश्यक समन्वय गर्न ड्यासबोर्ड महत्वपूर्ण हुने प्रमुख सचिव दिनेश भट्टराईले बताउनुभयो ।

शनिबार, साउन १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]