१० बैशाख २०८२, बुधबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

बिराटनगर, ४ साउन । आफूलाई भेदभाव गरेको भन्दै एक स्वास्थ्य कर्मचारीले आपूm अन्यायमा परेको जनाएका छन् ।

बुढीगंगा गाउँपालिकाअन्तर्गत स्वास्थ्य चौकी टंकीसिनवारीमा कार्यरत ज. स्वा. नि. कृष्णलाल यादवले आपूm अन्यायमा परेको जनाएका हुन् ।

यादवले २०७६ मंसिरदेखि फागुनसम्मको समायोजन ग्रेड २ को रकम गाउँपालिकाले नखुवाएको जनाएका छन् । उनले आपूmसंगै कार्यरत ५ जना स्वास्थ्यकर्मीहरुले पाएपनि आपूmले नपाएको जनाएका हुन् । उनले सो अवधिमा सि. अनमि २, अहेव २ र अनमि १ गरी ५ जनाले सो रकम पाएकोले एकै पालिकामा कार्यरत कर्मचारीलाई दुई किसिमको व्यवहार गरेको जनाएका छन् ।

बुढिगंगा गाउँपालिकाअन्तर्गतको न्यायिक समितिमा उजुरी दिएपनि दर्ता भने हुननसकेको यादवले बताएका छन् । उजुरी दरपिट भएको यादवले बताएका छन् ।

बुढिगंगा गाउँपालिका उजुरी प्रशासक घनश्याम कोइरालाका अनुसार स्थानीय निकायलाई कर्मचारीको तलव सुविधासम्वन्धी हेर्ने अधिकार नभएकाले दर्ता नगरिएको जानकारी दिनुभयो ।

प्रशासक कोइरालाका अनुसार यादवको सरुवा संघबाट संघमा नै भएकाले पनि उहाँले २ ग्रेड सुविधा नपाएको बताउनु भयो । उहाँ संघ अन्र्तगतको कोशी अस्पतालमा सरुवा हुनु भएकाले उहाँले सुविधा नपाउनु भएको हो ।

प्रशासक कोइरालाले कसैलाई झुक्किएर २ ग्रेड थप भएको भए आगामी महिनामा फिर्ता (समायोजन) हुने बताउनु भयो ।

आइतबार, साउन ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]