३० आषाढ २०८१, शनिबार

कमल सर

४ वर्ष अगाडि

विराटनगर, १२ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।मुख्यमन्त्री राईले सोमबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष विश्वभर पैmलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यी चाडपर्व खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव भएन, मुख्यमन्त्री राईले कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपीलसमेत गर्नुभएको छ ।
विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आ–आफ्नै मौलिक संस्कृति र पहिचान छन् मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ, नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरुले मनाउने ईद उल फितर चाडको पनि आप्mनो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको छ ।

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईद उल फितर जस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रबद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको सन्देशमा उल्लेख गरिएको छ ।
हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने तर्पm लाग्नु हामी सबैको कर्तव्य हो । यस ईद उल फितर पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भातृत्व, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड–१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ ।

सोमबार, जेठ १२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]