विराटनगर, ३१ असार । प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मानित गरेको छ ।
एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, एकलतर्फ रजत पदक विजेता ४ जना र एकलतर्पm कास्य पदक विजेता १० जना खेलाडी, टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, टीमतर्फ रजत पदक विजेता २२ जना र टीमतर्पm कास्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बुधबार सम्मानित गर्नुभयोे ।
खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई छायाँमा नपारिने बताउनुभयो ।
सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जिविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताउनुभयो । कोरोना भाईरसको संक्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताए । ढिलै भएपनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिईने उहाँले बताउनुभयो ।
सागमा एकल र टीमतर्पm स्वर्ण पदक विजेतालाई १ लाखदेखि ७५ हजार ५ सय सम्म, एकल र टीमतर्पm रजत विजेतालाई १ लाखदेखि ६० हजारसम्म र एकल र टीमतर्पm कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैंयासम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताउनुभयो ।
उहाँले १० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको बताउनुभयो । उहाँका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैंया जम्मा गरेको बताउनुभयो ।
प्रदेश सरकारले साग विजेता खेलाडीलाई सम्मानित गरेकोमा खुशी लागेका फुटवल खेलाडी सुजल श्रेष्ठले बताउनुभयो । उहाँले खेलाडीहरुले पैशा भन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने बताउनुभयो ।