रंगेली, २७ असार । अबोध बालक पैसा नभए रै रोग लिएर हिंड्न बाध्य भएको समाचार आए पछि उपचारका लागि सहयोगी हातहरु अगाडि बढिरहेको छ ।
मोरङको सुुनवर्सि नगरपालिका–६ स्थित कादुपाडा चोकका सुभाष पासवान पैसा अभावका कारणले उपचार गराउन सकेका छैनन् । चैत्र महिना केहि दिन सामान्य ज्वरो आएपछि गाउ“ घर तिरै दवाई गरेता पछि उनी निको भए, तर केही दिन पछि उनको दाहिने छातिमा सानो घाउ भएको कारणले अहिले उक्त घाउ टुईमर देखा परेको छ । आमा कलाशीदेवि पासवान र बुबा झरिलाल पासवानका कान्छा छोरा सुभाष अहिले उपचारको खोजीमा अरुको घरदैलोमा पुगेर उपचारका लागि उनका बुवा रकम संकलन गरिरहेका छन ।
घरको आर्थिक अभावका कारण उनीहरुलाई छोराको उपचारमा निकै समस्या परेको छ । झरिलाल र कलाशीदेवि दैनिकी ज्यालादारी गरी आप्mनो तीन छोरी र दुई छोराहरुको पालनपोषण गरिरहेता पनि कान्छो छोरा बिरामी भएपछि उनीहरुलाई दुई छाक टार्नसमेत हम्मेहम्मे परेको छ । १५ धुर जग्गामा सानो घर बनाएर बसोवास गर्दै आएका परिवारलाई अहिले छोराको उपचार गर्ने पैसा कहा“बाट ल्याउ भनेर चिन्तित अबस्थामा रहेका छन ।
काठमाडौंमा रहेको कान्ति बाल अस्पताल लैजान उनलाई अमरदहमा रहेको ढल्के जोवन क्लवले शनिबार ५१ हजार रुपैंया सहयोग गरेको छ । गरिव तथा निमुखाहरुको हरेक सहयोग र साथको लागि काम गर्र्दै आएको ढल्के जोवन क्लवका अध्यक्ष प्रताप तामाङको टिम पीडितकोे घर पुगि केही थोरै रकम भएपनि आपूmहरुले आर्थिक सहयोग गरेको तामाङले बताए । सोही क्रममा उपमेयर मन्जु राईले ब्यक्तिगत रुपमा ५ हजार ५ सय रुपैंया, उर्मिला राजवंशीले स्थानीय स्तरबाट संकलन गरेर ६ हजार ८ सय ८० रुपैंया र समाजसेवी भिमलाल राजवंशीबाट ५ सय पा“च रुपैंया सहयोग गरेका छन् ।
उपचारका लागि चार लाख रुपैंयासम्म खर्च हुने भने पछि आपूmलाई निकै समस्या परेको बुबा झरिलालले बताए । उनले छोराको उपचारका लागि १५ घुर जग्गा रहेको घरसमेत एक लाख रुपैंयामा धितो पास गरेर लिएको रकमसमेत सबै सकियो ।
अहिले छोरालाई कसरी बचाउने हो भन्दै चिन्तित अवस्थामा रहेका छन ।