विराटनगर, २६ असार । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ ।
बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनुहुने भएको हो ।
प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस कार्यदलले शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष सम्मानित श्रष्टाहरुको नाम सिफारिस गरेको छ । कार्यदलको सिफारिसअनुसार मन्त्रालयले एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका श्रष्टा डा. नवलकिशोर राईलाई सम्मानित गर्ने भएको छ । यसअघि सो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो ।
भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनु हुने भएको छ । ललितकलातर्पm अनुराधा थापा –मोरङ, साहित्यतर्पm उमानाथ घिमिरे ‘सागर’–धनकुटा, कविराज पोखरेल –मोरङ, मुनाराज शेर्मा –झापा, पञ्चकुमारी परियार –खोटाङ, प्रेम ओझा –पाँचथर, शिवनारायण पण्डित ‘सिंगल’ –सुनसरी, साहित्य र कलातर्पm डीवी किराँती –सोलु, रंगकलातर्पm कविता नेपाल –झापा, चलचित्रकर्मीतर्पm केशव रायमाझी –मोरङ, नृत्यकलातर्पm मायाँ पौडेल –मोरङ, गीत÷संगीततर्पm वीरध्वज शिवा –मोरङलाई सम्मानित गरिने भएको छ ।
उहाँहरुलाई जनही ५०–५० हजार नगद प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने श्रष्टाहरुलाई गतवर्षदेखि सम्मान शुरु गरेको हो । श्रष्टाहरुलाई आगामी असार २९ गते सोमबार दिउँसो १ बजे आरोहण गुरुकुल विराटनगरमा सम्मान गर्ने कार्यक्रम राखिएको कार्यदलका सदस्यसचिव सुर्यराज घिमिरेले जानकारी दिनुभयो ।