बिराटनगर, २३ असार । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पथरी शनिश्चरे नगरपालिका–२ सृजना चौक बस्ने आतेजुङ राईको घरबाट को३४प ६००४ नं. को मोटरसाईकलसहितका धनमाल चोरी गर्ने ३ जनालाई मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे–१० बस्ने निमा तामाङ, बेलबारी–२ बस्ने पृतिमान भण्डारी र अभिषेक कट्टेललाई चोरीको मोटरसाइकलसहित पथरी शनिश्चरे–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरि निमा तामाङले गत जेठ ३२ गते पथरी शनिश्चरे–१ स्थित शान्ति मिनि मार्केटमा रहेको सबिता बस्नेतको पसलबाट र सोही मार्केटमा रहेको देश थाम्सुहाङको सटर फुटाई जुत्ता चप्पललगायत जिन्सी धनमाल गरी अन्दाजी २५ हजार बराबरको धनमाल चोरी गरेको ।