११ माघ २०८१, शुक्रबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

विराटनगर, १३ असार । विराट बुद्ध स्पोर्टङ क्लब विराटनगर–११ लाई खेलकुद सामग्री प्रदान गरिएको छ ।
क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरखेलकुद सामग्री हस्तान्तरण
विराटनगर, १३ असार । विराट बुद्ध स्पोर्टङ क्लब विराटनगर–११ लाई खेलकुद सामग्री प्रदान गरिएको छ ।
क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् ।
दुई लाख ३० हजार रुपैंयाँ बराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको क्लबका सचिव खेम थापाले बताए ।
सो अवसरमा बोल्दै सांसद यशोदा अधिकारीले खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले आफ्नो कोषबाट क्लबलाई सहयोग गरेको बताइन् । क्लबमा प्राप्त भएका आर्थिक र सामग्री सहयोगको पारदर्शी हिसाब राख्दै अघि बढ्दा सबैले पत्याउने र एउटा राम्रो क्लब बन्न सक्ने बताइन् ।
‘क्लबले खेलकुदका माध्यमबाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सके अझ राम्रो हुन्थ्यो,’ अधिकारीले भनिन्, ‘कोरोनाको महामारी सामान्य भए महिला फुटबल गर्नुहोस् सहयोग गरौंला । किनभने महिला खेलाडीलाई तपाईहरूले विशेष प्राथमिकता दिनुपर्छ ।’
सांसद विकास कोषको १ लाख ९७ हजार रुपैंया र क्लबको आन्तरिक स्रोतको ३३ हजार रुपैंयाको फुटबल खेलका सामग्री खरिद गरिएको क्लबका अध्यक्ष रोहितकुमार कोइरालाले बताए ।
खेलाडीका लागि ट्रयाकसुट ६० जोर, जर्सी २५ जोर, फुटबल बुट २५ जोर, नेट १ सेट र फुटबल ३० थान क्लबलाई प्रदान गरिएको थियो ।
गत वर्ष स्थापित क्लबले विभिन्न खेलकुदका गतिविधि गर्नुका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्लब गत फागुन २८ देखि चैत ६ गतेसम्म जिल्ला अन्तरकलेज फुटबल प्रतियोगिता गरेको थियो ।

शनिबार, आषाढ १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]