बिराटनगर, १२ असार । बिराटनगरमा दुई जना कोरोना संक्रमित फेला परेका छन् ।
बिराटनगर–६ का श्रीमान श्रीमतीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतको नयाँ दिल्लीबाट आएका उनीहरुलाई बिराटनगरमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको कोशी अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनीहरुमा ३१ वर्षिय पुरुष र २१ वर्षिय महिला रहेका छन् ।
त्यसैगरि प्रदेश १ मा शुक्रबार १६ जना थपिएका छन् । बिराटनगर २, सुनसरी १० र झापामा ४ गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।