बिराटनगर, ११ असार । अवैध भारतीय रुपैंयासहित महिला पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शंका लागि बिराटनगर–१५ मा चेकजाच गर्दा बिराटनगर–१७ की कोरेसा खातुनको साथबाट अवैध भारतीय रुपैंयासहित पक्राउ गरेको हो ।
खातुनका साथबाट भारतीय रुपैंया ५ सयको ४ सय थान प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेकी खातुनसहित २ लाख अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।