बिराटनगर, ११ असार । पानीमा डुबेर बिराटनगरमा एक बालकको मृत्यु भएको छ ।
बिराटनगर–१८ स्थित खेतमा बिहीबार साढे ४ बजे जयपाल मण्डलको छोरा बर्ष ७ को अंकुश मण्डल पानीमा डुबेर मृत्यु भएको हो ।
आइसीपी भवन अगाडि रहेको फोर लेनको सडक उत्तर खाली खेतमा पानीमा डुबेको अवस्थामा छिमेकीले बालकलाई निकालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पानीबाट निकाली कोशी अञ्चल अस्पताल लगे पनि उनको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए ।