०२ कार्तिक २०७८, मंगलबार

दर्शन सम्वाददाता

१ वर्ष अगाडि

विराटनगर, ११ असार । प्रदेश १ बाट ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना बिहीबार डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुनेमा मोरङ १२, झापा २९, सुनसरी २०, ईलाम २, उदयपुर ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १÷१ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुने जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलगायतले विदाई गर्नु भएको थियो ।
उनीहरु डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा बिहीबार ७ जना संक्रमित थपिएका छन् । मोरङ १, सुनसरी २ र झापा ४ रहेका छन् ।
प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]