३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाको छैठौं नगर सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि कूल ३ अर्व ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट बुधबार सार्वजनिक गरेको छ ।
जसमा आन्तरिक आम्दानीतर्पm ८९ करोड ८२ लाख ९६ हजार ७ सय, सघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडतर्पm ७६ करोड ८२ लाख ५२ हजार, सघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्पm ३८ करोड सात लाख ६८ हजार, सघीय सरकार सशर्त अनुदानतर्पm एक अर्व दुई करोड नौ लाख, प्रदेश सरकार सशर्त अनुदानतर्पm प्राप्त हुने दुई करोड १० लाख नौ हजार, सघीय सरकार विशेष अनुदानतर्पm १३ करोड, प्रदेश सरकार समपुरक अनुदानतर्पm तीन करोड, वैदेशिक र अन्य संघसंस्था अनुदानतर्पm तीन करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने नौ करोड ६२ लाख पाँच हजार रकम देखाइएको छ ।
विनियोजित कूल व्ययतर्पm तीन अर्व ३७ करोड ८१ लाख १० हजार मध्ये महानगरपालिकाको प्रशासनिक खर्चतर्पm ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्पm ३६ करोड, वातावरण तथा फोहोरमैला व्यवस्थापनतर्पm ल्याण्डफिल्ड साइडको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार, नगर स्वास्थ्यतर्पm सघीय सरकारसमेत ११ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्पm सघीय सरकारसमेत ५६ करोड १३ लाख पाँच हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुदतर्पm दुई करोड नौ लाख २४ हजार, अन्य कार्यक्रमतर्पm छ करोड ५२ लाख २१ हजार र भौत्तिक पूर्वाधारलगायत अन्य पूँजीगत खर्च एक अर्व ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख इन्दिार कार्कीले सार्वजनिक गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आर्थिक वर्ष २०७७÷७८ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।
उहाँले नीति तथा कार्यक्रमको आधारमा बजेट निर्माण गरेको जानकारी दिँदै पूर्वाधारसम्बन्धी नीति, सूचनासम्बन्धी नीति, वित्तीय व्यवस्थापन राजश्व परिचालन, सामाजिक विकाससम्बन्धी नीतिअन्तर्गत शैक्षिक, युवा, खेलकुद , नगर स्वास्थ्यसम्बन्धी, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति, पर्यटन, भाषा, कला तथा संस्कृति संरक्षण सम्बन्धमा लिएको नीतिले नगर क्षेत्रमा आमूल परिवर्तन आउने विश्वास दिलाउनुभयो ।
उहाँले बालबालिकासम्बन्धी, गैरसरकारी संघसंस्थासम्बन्धी, सहकारीसम्बन्धी, विपद् व्यवस्थापन, वातावरण संरक्षण एवं प्रवद्र्धन, खानेपानी तथा सरसफाई, पशुपंक्षी तथा कृषि विकाससम्बन्धी र भूमिसम्बन्धी लिएको नीतिबाट बनाइएको बजेटले विराटनगरको ऐतिहासिकता प्रष्ट भई आधुनिक विराटनगर निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नगर सभाको उद्घाटन गर्दै जनप्रतिनिधिले आफ्ना उचाई र गरिमालाई खस्किन नदिन जनप्रिय भएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले विगतका वेतिथि र गलत संस्कारलाई हटाउन जनप्रतिनिधिले अग्रसरता लिनुपर्ने भन्दै अहिले अवस्थालाई अवसरको रुपमा लिएर जनप्रतिनिधिहरु जनताका भावना र इच्छाअनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रदेश प्रमुख ‘प्यासी’ ले भ्रष्टाचारमुक्त समाज निर्माण भएमा सुशासनको आधारशिला मजबुत हुने भन्दै विराटनगरको ऐतिहासिकतालाई कसैले पनि मेटाउन नसकिने कुरामा जोड दिनुभयो ।
उहाँले महानगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई दिएको प्राथमिकताबाट नगरमा समृद्धि आउने विश्वास व्यक्त गर्दै नगर सभाको सफलताको शुभकामना दिनुभयो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाको कारण तीनै तहका सरकारको नीति तथा कार्यक्रम प्रभावित भएको चर्चा गर्दै प्रदेश सरकारले विराटनगर क्षेत्रमा वीरेन्द्र सभागृह, शहीद मैदान, बैजनाथपुर रंगशाला, विराट राजाको दरवारको संरक्षण, केशलिया नदीमा तटबन्ध, परोपकार घाटको स्तरोन्नतिमा गर्न बजेट विनियोजन गरेको छ भन्नुभयो ।
सांसद अमनलाल मोदीले ऐतिहासिक शहर विराटनगरलाई आधुनिक शहर बनाउन सबैको चिन्तन र चाहनालाई महानगरपालिकाबाट पूरा हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सभा सदस्य केदार कार्कीले सघीय सरकारले विराटनगर महानगपालिकामा बजेट कम दिएकोमा दुःख व्यक्त गर्नुभयो । नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु, जनता समाजबादी पार्टीका नगर सभापति मोहम्मद नसरुल, नेपाली कांग्रेसका नगर सभापति अरुण न्यौपाने, नेपाल कम्युनिस्ट पार्टीका नगर संयोजक सागर थापा र प्रजातन्त्र सेनानी शिवदत्त भट्टराईले नगरपालिकाका जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिक रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई, श्यामबहादुर सुब्बा लिम्बु, तोरेन्द्रमान प्रधान र गोपालप्रसाद शर्मालाई नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी जीवन निर्वाह भत्ता वापत जनही मासिक दुई हजार ५ सहितसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरियो ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]