१७ कार्तिक २०८१, शनिबार
प्रहरी उपरीक्षक अधिकारीका तेह्र महिना

हराएका एक सय त्रियासी मोबाईल, पचहत्तर मोटरसाईकल र पन्द्र साइकल सम्बन्धित धनीलाई फिर्ता

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, ६ असार । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले तेह्र महिने अवधिमा गरिएका कामका विवरण सार्वजनिक गर्नु भएको छ ।
प्रउ अधिकारीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आप्mना कार्यकालका कामका विवरण सार्वजनिक गर्नु भएको हो ।
सरुवा भई प्रहरी प्रधान कार्यालय काठमाडौं जानलाग्नु भएका प्रउ अधिकारीले सोमबार बिराटनगरबाट काठमाडौं प्रस्थान गर्ने बताउनु भएको छ ।
उहाँले आप्mना कार्यकालमा विशाल जनसहभागिता रहेका धार्मिक समारोहहरु राधाकृष्ण रथयात्रा, दीपावली, छठ पर्व, मोहरम पर्वको सफल सुरक्षा व्यवस्था गरेको बताउनु भएको छ । सो कार्यका लागि ४ हजार १ सय ४४ प्रहरी परिचालन गरिएको बताउनु भयो ।
त्यसैगरि २०७६ मंसिर १४ मा भएको स्थानीय निकायको उप–निर्वाचन र २०७६ माघ ९ मा भएको प्रदेश राष्ट्रिय सभाको निर्वाचनमा सफल सुरक्षा व्यवस्था मिलाएको बताउनु भयो ।
प्रदेश राजधानी रहेको बिराटनगरमा रहेका बिशिष्ठ व्यक्तिहरु र ९ स्थानमा रहेका बिशिष्ठ कार्यालय तथा निवासस्थानहरु, कारागार, बाल सुधार गृहको नियमित र सफल सुरक्षा व्यवस्था, तेह्र महिनाको अधिमा मोरङ आउनु भएका २ सय ५ जना संघीय बिशिष्ठ व्यक्तिहरुको मार्ग, समारोह स्थल र निवासस्थानको सुरक्षा, बिशिष्ठ व्यक्तिको सुरक्षा प्रदान गरेको बताउनु भयो ।
सम्मानित अदालतबाट कैद र जरिवानाको सजायको पैmसला भई फरार रहेका व्यक्तिहरु पकाउ गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालयले पहिलो स्थान कायम गरेको छ ।
प्रस्तुत आर्थिक बर्षको हालसम्मको अवधिमा देश भरीमा जम्मा २०२३ जना पक्राउ गरिएकोमा मोरङले मात्र ४ सय ४९ जना पक्राउ गरी अदालतमा दाखिला गरेको उहाँले जनाउनु भएको छ । देशभरीका ७७ जिल्लाको कूल पक्राउ संख्याको तुलनामा यो संख्या २२ दशमलव १९ प्रतिशत हो भने यस आ.व.मा १ नं. प्रदेशका १४ जिल्लाको जम्मा पक्राउ संख्या ९ सय २८ को तुलनामा यो संख्या ४८ दशमलव ३५ रहेको छ ।
पक्राउ गरी ११२ बर्ष २ महिना १६ दिन कैद र ४१ लख ७८ हजार ९ सय ९६ रुपैंया जरिवाना असूल गरिएको बताउनु भयो ।
त्यसैगरि चोरी, तस्करी, गुण्डागर्दी नियन्त्रणका लागि बिशेष अभियानको रुपमा संचालन गरिएको २४ घण्टे स्वीप अपरेशनअन्तरगत ३ हजार २ सय ८८ जनालाई नियन्त्रणमा लिई स्क्रिनिङ गरिएको बताउनु भयो ।
आप्mनो कार्यकालमा २० हजार ३ सय ९५ लि. घरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ १४ हजार १ सय ५० लि. र नक्कली रक्सी ५ सय ३० बोतल बरामद गरिएको जसबाट ४ लाख ६७ हजार ४०० जरिवाना राजश्व संकलन गरिएको बताउनु भयो ।
उहा“ले प्रतिबन्धित विप्लव समूहबिरुद्धको कारवाहीमा मेची–कोशी व्यूरो संयोजक २, मेची–कोशी व्यूरो सचिव १, जिल्ला जनपरिषद् प्रमुख १, जिल्ला इञ्चार्ज १, जिल्ला सेक्रेटरी ३, जिल्ला कमिटी सदस्य ५, नगर सदस्य १ समेत गरी २१ जनालाई पक्राउ गरी मुद्दा चलाईएको बतानउनु भयो ।
अटोम्याटिक पेस्तोल ५ थान, कटुवा पेस्तोल ५ थान, भरुवा बन्दुक ८ थान, म्यागजिन ६ थान, गोली २६ राउण्ड, निकोजेल जिलेटिन ४३ थान बारुद, छर्रा, वायर, क्याप बरामद गरिएको थियो ।
पत्रकार सम्मेलनमा समूदाय प्रहरी साझेदारी कार्यक्रम, लागू औषध बिरुद्धको अभियानलगायतका गतिविधिहरु निरन्तर गरिएको जनाउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले ५ हरोड ४४ लाख २६ हजार ९ सय ९६ बराबरको राजश्व जरिवाना असूली गरेको छ । जसमा ३ करोड ५५ लाख ८५ हजार ६ सय ट्राफिक कारवाहीबाट, ४ लाख ६७ हजरा ४ सय अवैध मदिराबाट, अवैध भन्सारबाट १ हरोड २१ लाख ९० हजार, अवैध उत्खननबाट २० लाख ५ हजार र ४१ लख ७८ हजरा ९ सय ९६ पैmसला कार्यान्वयनबाट असूल भएको जनाउनु भएको छ ।
अवैध उत्खननमा संलग्न १ सय ४१ वटा ट्राक्टर, २४ वटा टिपर, ५ वटा जेसिभि उपर कारवाही गरिएको जनाउनु भएको छ ।
उहा“ले १ नं. प्रदेश सरकारको सहयोगमा जिल्लाको रानीदेखि महानगरको ढाटसम्म र बुढीखोलादेखि उर्लाबारीसम्म ६० कि.मि. अप्टिकल फाईवरको नेटवर्क जडान र बिस्तार गरी सिसिटिभि प्रयोगमा ल्याइएको जनाउनु भएको छ । अप्टिकल फाइवरको यो नेटवर्क काठमाण्डौ पछि देशको दोश्रो ठुलो नेटवर्क रहेको । यस अवधिमा संगठित रुपमा डकैती, चोरी, सवारी दूर्घटना, ज्यान सम्बन्धिलगायत ३९ वटा घटनाको अनुसन्धानमा सिसिटिभी प्रविधिको प्रयोग भएको जनाउनु भएको छ ।
त्यसैगरि ईप्रका रानी, ईप्रका बेलबारी, ईप्रका बुधनगर, ईप्रका उर्लाबारी, सिप्रचौ डोरिया, प्रचौ थलाहा, ईप्रका रंगेली, जिप्रका मोरङ गरी २९ करोड ९१ लाख ४२ हजार ४ सय ७ बराबरको नया“ निर्माणको थालनी भएको जनाउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिराटनगर, प्रहरी चौकी बखरी इप्रका पथरी, प्रचौ रमाईलो, अप्रचौ कानेपोखरी, ईप्रका बुधनगर, इप्रका रंगेली, इप्रका दोहमना, सिप्रचौ पोखरिया, प्रचौ गडरिया, प्रचौ झपटतल, पचौ सिक्टी, इप्रका उर्लाबारी, प्रचौ मझारे, प्रचौ कोयलपुर, इप्रका नेमुवा, वप्रका हाटखोला गरी १८ वटा प्रहरी कार्यालयहरुमा .१ हरोड ९५ लाखको भौतिक निर्माण सहयोग भएको जनाउनु भयो ।
अपराध नियन्त्रणमा जिप्रका मोरङले गरको पहल कदमीका कारण गत आर्थिक बर्षको तुलनामा यो बर्ष १६ दशमलव ३५५ ले कमी आएको । गत बर्षको यो अवधिसम्म १६९४ मुद्दा दर्ता भएकोमा यो बर्ष १४१७ मुद्दा दर्ता भएको ।
यस अवधिमा बिभिन्न मुद्दामा १ हजार २ सय ५९ जना पुरुष र ९१ जना महिलालाई पक्राउ गरी मुद्दा दायर गरिएको जनाउनु भएको छ ।
त्यसैगरि २०७६ जेठ २७ गते भारतबाट बिराटनगरका एक व्यपारीको हत्या गर्ने योजनामा हतियारसहित कुनाल कुमारलाई पक्राउ गरी हत्या योजना बिफल पार्नुको साथै संलग्नहरुलाई मुद्दा चलाईएको, तपाईको नाममा चिठ्ठा प¥यो भनी ठगी गर्ने निरज मरिक, श्रवण मलहालाई पक्राउ, बिराटनगरका बिभिन्न स्थानमा श्रृखलाबद्ध रुपमा डाका गर्ने ७ जना पक्राउ, २०७६ माघ १४ गते संझना खत्रीको हत्या गर्ने सुरेन्द्र साह, आप्mनै बुवासंग अपहरणको नाटक गरी फिरौती लिने छोरा मुकेशकुमार महतोलाई पक्राउ गरी कार्वाही गरिएको बताउनु भयो ।
त्यसैगरि २०७६ माघ १ मा आपूmलाई नेपाली सेनाको कर्मचारी बताउने विक्रम चन्द पक्राउ, माघ ६ मा प्रेमीसंग मिली श्रीमानको हत्या गर्ने दयावती सरदार, बद्री सरदार र विकास सरदार पक्राउ, २०७६ असार १६ मा ६० किलो अवैधी चा“दीसहित भारतका गौरवकुमार साह पक्राउ, मिति २०७७ जेठ ३ गते छोराहरुद्वारा बुवा सिताराम चौहानको हत्या गरेको केशमा छोराहरु रोहित चौहान र नागेन्द्र चौहान पक्राउ र जेठ ३ गते फार्मेसी संचालक देवीप्रसाद दुलालको हत्यामा संलग्न श्रीमतीसहित दुई जना पक्राउ गरएको सफल अनुसन्धानहरु रहेको बताउनु भएको छ ।
त्यसैगरि हराएका १ सय ८३ मोबाईल, ७५ मोटरसाईकल र १५ साइकल फेला पारी सम्बन्धित धनीलाई बुझाईएको, जिल्ला प्रहरी कार्यालयमा रहेका ५ वटा हिरासत कक्षलाई अन्तर्राष्ट्रिय मापदण्डबमोजिम नमूना हिरासत कक्षको रुपमा व्यवस्थित गर्न हिरासत कक्षमा सिसिटिभि मनिटरिङ, लकर, कार्पेट, टिभी, पंखालगायतका सुविधाहरु व्यवस्था गरिएको बताउनु भएको छ ।

आइतबार, आषाढ ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]