०३ फाल्गुण २०८१, शनिबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

बिराटनगर, ६ असार । तत्काल उत्पादन वृद्धि नगरे भोकमरीको सम्भावना रहेको आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताउनु भएको छ ।
उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ र एलिट क्लब बिराटनगरले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको प्रदेश सरकारको आ.ब. २०७७÷७८ को बजेटसम्वन्धी अन्तरक्रिया कार्यक्रममा कृषिमा उत्पादन वृद्धि नगरे भोकमरी हुने सम्भावना रहेको बताउनु भएको हो ।
उहा“ले सीमित स्रोत साधन भएकाले जनताका असीमित आकांक्षा पूरा गर्न नसकिएको बताउनु भयो । मन्त्री आङ्बोले यसपटक सरकारलाई स्रोतको चाप परेका कारण वजेट बढाउन नसकिएको बताउनु भयो ।
मन्त्री आङ्बोले तत्कालै कृषिमा उत्पादन वृद्धि गर्नु पर्ने बताउ“दै उचित भण्डारण र बजारीकरण गर्न सरकार तयार रहेको बताउनु भयो ।
कोभिडका कारण स्वस्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नु परेको मन्त्री आङ्बोले बताउनु भयो । उहा“ले जनताको जिउधनको सुरक्षा गर्न सरकारले भएका स्थास्थ्य संस्थाहरुको स्तरोन्नती गर्नुका साथै सेवालाई समेत सुधार गर्न लागिएको बताउनु भयो ।
मन्त्री आङ्बोले कोभिड रोकथाम र नियन्त्रणका लागि निजी स्वास्थ्य संस्थाहरुले मानवीय व्यवहार नगरेको दुखेसो पोख्दै जालो लागेको भएपनि आखिर सरकारी स्वास्थ्य संस्थाहरु नै सक्रिय र भरपर्दा भएको बताउनु भयो ।
संकटको यो अवस्थामा निजी स्वास्थ्यसंस्थाहरुले फिवर क्लिनिकसमेत नचलाएको बताउनु भयो ।
सो अवसरमा डा. अर्जुन बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अर्थशास्त्रीहरु, उद्योगीहरुले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिएका थिए । उनीहरुले बजेटमा उल्लेख गरिएका स्रोतहरु भरपर्दा नभएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा प्रा.डा. खगेन्द्र आचार्य, राधा अधिकारी, उद्योगी अशोक मुरारका, तुलसी भट्टराई, शुशील धनावत, बलराम पौडेल, प्रमिला गच्छदार, सुशिल धनावत, बेदराज पौडेल, उत्तम ढुंगेललगायतले बजेटका बारेमा स्पष्ट गर्न मन्त्री समक्ष प्रश्न राख्नुभएको थियो ।

शनिबार, आषाढ ०६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]