१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ५ असार । प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचर समिति (रासस) लाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्ने बचन दिनुभएको छ ।
रासस प्रदेश नं. १ कार्यालय विराटनगरको शुक्रबार बिहान निरीक्षण एवं वृक्षरोण गर्दै उहाँले सरकारी संयन्त्रको सुदृढीकरण र सबलीकरणबाट नै आम नागरिक लाभान्वित हुने भन्दै रासस जहिले पनि सत्य तथ्यमा आधारित समाचार पस्किरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश कार्यालयमा तत्काल भएको निर्माण कार्यबाट खुशी व्यक्त गर्दै अगामी दिनमा यो कार्यालयको सक्रियता बढिरहोस् शुभकामना दिनुभयो । सो अवसरमा कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयको वर्तमान वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

रासस

शुक्रबार, आषाढ ०५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]