११ माघ २०८१, शुक्रबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

बिराटनगर, ४ असार । कोरोना संक्रमित प्रदेश १ का ४० जना डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, गोठगाउँ सुन्दरहरैंचामा उपचाररत १ सय १८ जनामध्ये ४० जना संक्रमित बिहीबार डिस्चार्ज भएका हुन् ।
उनीहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद राजकुमार ओझा, लोकप्रसाद संग्रौलालगायतले विदाई गर्नु भएको थियो । केन्द्रबाट झापाका ११, मोरङका ९, सुनसरीका १६ र भोजपुरका ४ जना डिस्चार्ज भएका हुन् । उनीहरु १५ देखि ४७ वर्ष उमेर समूहका रहेका छन् ।
सो अवसरमा मन्त्री घिमिरेले प्रदेशवासीले छिट्टै सुखद् समाचार सुन्न पाउने बताउनु भयो । उहाँले कोरोना संक्रमण अन्त्यको आधार तय हु“दै गएको बताउनुभयो । क्वारेन्टाईनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेले बताउनुभयो ।
उहाँले प्रदेश १ को विराटनगर, धरान र गोठगाउँ गरी ३ ठाउँमा कोरोनाको उपचार भइरहेकोमा अब झापा, सुनसरी र उदयपुरमा समेत उपचार केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताउनु भयो ।
गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरु आज डिस्चार्ज भएका हुन् । उनीहरुसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ भने संक्रमितको ४ सय १६ जना रहेको छ । कोशी कोभिड अस्पताल विराटनगरमा २९, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा ७८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८५ जना संक्रमितको उपचार भइरहेको छ ।

बिहिबार, आषाढ ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]