बिराटनगर, १ असार । प्रदेश १ सरकारले प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गर्नु भएको हो ।
प्रस्तुत बजेटमा पूँजीगततर्पm २१ अर्ब ९२ करोड ५० लाख ४५ हजार, चालुतर्पm १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार र अन्तर सरकारी वित्त हस्तान्तरणतर्पm २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरेको छ ।
अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख, राजश्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकार गरेको छ ।
(बजेटको पूर्ण पाठ हेर्नुहोस)