११ माघ २०८१, शुक्रबार

Darshan Daily

७ महिना अगाडि

बिराटनगर, २१ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तीन वर्ष भित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित प्रदेश उत्कृष्ट महिला उद्यमी÷महिला लघु उद्यमी पुरस्कार वितरण समारोहमा १४ जिल्ला एक÷एक महिला उद्यमीहरुलाई नगद ५०÷५० हजार वितरण गर्दै सो विचार व्यक्त गर्नु भएको हो ।
यसरी पुरस्कृत हुनेहरुमा पासाङ ल्याहामु तामाङ सोलुखम्बु, सरस्वती सुव्वा (लिम्बु) मोरङ, निर्मला खतिवडा ढुंगेल सुनसरी, हेमकुमारी सार्की उदयपुरक, मनकला राई संखुवासभा, बिमला केरुङ तेह्रथम, रामकुमारी बस्नेत ओखलढुंगा, निर्मला श्रेष्ठ भोजपुर, लक्की सुजी पाँचथर, सानुमाया लिम्बु ताप्लेजुङ्ग, डोरश्वरी राई धनकुटा, उषा खत्री (बस्नेत) खोटाङ्ग, रमिला राई इलाम र भूमिका देवी दाहाल पोखरेल झापा जिल्लाको हुनुहुन्छ ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारअन्तर्गतका सम्पूर्ण पदाधिकारीहरुले आफ्नो दायित्व निर्वाह गरी जनताले प्रदेश सरकार चाहिन्छ भन्ने किसिमको बनाउनका लागि आगामी तीन वर्षभित्र संरचना निर्माण गर्ने कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले प्रदेशमा उद्योग संचालन गर्ने चाहने उद्यमीहरुलाई एक ठाउँबाट सम्पूर्ण सेवा एवं सुविधा उपलव्ध गराई झन्झटबाट मुक्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
मुख्यमन्त्री कार्कीले सरकार यस क्षेत्रमा संचालन भएका घरेलु तथा लुघ उद्योगलाई उद्योगीकरण गर्ने, विस्तार र वजारीकरण गर्ने कार्यमा आवश्यक सहयोग प्रदान गर्ने बताउनु भयो ।
उहाँले विराटनगरमा कोशेली घर र आद्योगिक प्रदर्शन कक्ष निर्माण गर्न आवश्यक वजेटको व्यवस्था गरेको जानकारी दिँदै त्यसका लागि जग्गा उपलव्ध गराउन उद्योगीहरुलाई आग्रह गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले महिलाहरुलाई उद्योगप्रति आकर्षण वृद्धि गर्न एवं महिलाको विदेश पलायन हुने कार्यलाई न्यूनीकरण गर्न महिला घरेलु उद्यमीहरुलाई पुरस्कारको राशीमा वृद्धि गर्नुका साथै जिल्लास्तरमा पुरस्कार प्राप्त गर्नेको संख्या थप गर्ने बताउनु भयो ।
मन्त्रालयका सचिव डा. लेखराज दाहाल, मन्त्रालयका प्रवक्ता पशुपति पोखरेल, सम्मानित महिला उद्यमीहरु संखुवासभाकी पासाङ ल्यामु तामाङ, झापाकी भूमिका दाहाल पोखरेल नेपाल उद्योग परिसंघका प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडा, घरेलु उद्यमी लक्ष्मण वुढाथोकीलाई घरेलु उद्योगलाई बजारीकरण गरी विदेशी मुद्रा आर्जन हुने किसिमले कार्य गर्नुपर्ने सुझाव दिनु भयो ।
पुरस्कृत उद्यमीहरुमा कागज, ढाका तान, मौरीपालन कृषि तथा पशुपंछी फर्म, हिमाली घरेलु उद्योग, पशुपालन, व्यूटी पार्लर, सिलाई कटाई ट्रेनिङ, सूचना प्रविधि इन्स्टिच्युट, सिलाई कटाइ एण्ड प्रशिक्षण केन्द्र र सिपमुलक तालिम केन्द्र रहेका छन् ।

शनिबार, आषाढ २३, २०८१मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]