११ माघ २०८१, शुक्रबार

Darshan Daily

७ महिना अगाडि

विराटनगर, ५ असार । विराटनगर महानगरपालिका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचानसहितको भेषभूषा तथा बाजागाजासहितको नृत्य प्रस्तुत गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा जातिय भेषभुषा तथा पहिचानसहितको बाजागाजा एवम् साँस्कृतिक नृत्यको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
विराटनगरमा बुधबार आयोजित कार्यक्रममा विभिन्न जातिय संस्थाहरु भेला भई आफ्नो जातिय भेषभूषामा सजिएर साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा किराँत राई यायोक्खाले साकेला नाच, किराँत याक्थुङ चुम्लुङले च्याब्रुङ अर्थात केलाङ नृत्य, त्यसैगरी किराँत याक्खा छुम्माले याक्खा जातीको मौलिक नृत्य डोकेनी अर्थात साङदाङ लाक प्रदर्शनी गरेका थिए ।
त्यसैगरी नेवार समुदायले धिमे बाजागाजा प्रदर्शनी गरे भने तामाङ समुदायले सेलो नृत्य प्रस्तुत गरे त्यसैगरी मगर समुदायले हुरर्रा नृत्य प्रस्तुत गरे भने उराँव समुदायले आफ्नो मौलिक नृत्य कर्माधर्मा जातिय भेषभुषामा सजिएर बाजागाजासहित नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महांसघ मोरङका जिल्ला अध्यक्ष दिलबहादुर थेवे, नगर समन्वय परिषद सचिवालयका अध्यक्ष सुरेस सिह गनगाइलगायत विभिन्न जातिय समुदायका अगुवाहरुले नगर भित्रका जातिय संस्थाहरु एक आपसमा मिलेर आफ्नो हक अधिकारका निम्ती लड्नुपर्ने धारणा राखेका थिए ।
आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद विराटनगरमा अहिले १८ वटा जातिय संस्थाहरु अवद्धता रहेका छन् ।

 

बुधबार, आषाढ ०६, २०८१मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]