११ माघ २०८१, शुक्रबार

Darshan Daily

७ महिना अगाडि

विराटनगर, ५ असार । कोशी प्रदेशसभाको पाँचाँै अधिवेशनको बुधबारको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेका छन् ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१÷८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो । निर्धारित समयभन्दा ढिला प्रदेशसभा संचालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यहरूले उभिएर विरोध जनाएका थिए ।
सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गर्नुभयो । उहाँहरूले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु गरेको बाचा पूरा नहुने धारणा राख्नुभयो । लगत्तै उहाँहरूले संसदीय दलको निर्णय भन्दै बैठक बहिष्कार गर्ने घोषणा गर्नुभयो । सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि बढाउन अहिले वार्ता भइरहेको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बुधबार, आषाढ ०६, २०८१मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]