०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

८ महिना अगाडि

विराटनगर, ३२ जेठ । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।
विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो । जितको लागि गोदावरीका एजन राईले ह्याट्रिक गर्दै तीन गोल गरे । सान्तवना गोल गौतमबुद्ध स्कुलका प्रशिद्ध कुवरले फर्र्काए ।
गोदावरीका एजन राई प्लेर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा सेन्ट जोसेफ स्कुलले स्टार स्कुललाई ३–० गोलले पराजित गर्यो । जितको सेन्टजोसेफका निशान्त सिलवाल, प्रवेश गुरुङले गोल गरे ।
दोस्रो खेलको प्लेर अफ द म्याच सेन्ट जोसेफका निसाद सिटौला घोषित भए ।
शनिबारको पहिलो खेल ग्यालेक्सी र एभरेस्टबीच हुनेछ भने दोस्रो खेल मोडर्न एरा र सनसाईन स्कुलबीच हुनेछ ।

शुक्रबार, आषाढ ०१, २०८१मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]