३१ आषाढ २०८१, आइतबार

Darshan Daily

४ महिना अगाडि

विराटनगर, २० फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ ।
विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको फराकिलो अनतरले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय ४३ रनको विहाल योगफल बनाएको छ । सरस्वतीकी प्लेयर अफ द फाइनल प्रेरणा पासवानले ७२ रनको योगदान दिँदा कृतिसा धामीले १७ रनको योगदान दिइन् । आर्दश वालिकाकी कञ्चन राय, सिमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिइन् ।
१ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको आर्दश वालिकाले १५ दशमलव २ बलमा सबै विकेट गुमाई ६९ रनमा सिमित भयो । बालिकाका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिँदा पूर्णीमा राजवंशी र अञ्जली मण्डलले १–१ विकेट लिइन् ।
प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी घोषित हुँदा उत्कृष्ट ब्याटर आर्दश वालिकाकी सकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भइन् ।
विजयी तथा अन्य देलाडीलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उप–मेयर शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट वाउण्ड्रीका सार वेग, एड ल्याम्प, टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले पुरस्कार तथा ट्रफि वितरण गरे ।
प्रतियोगितामा विराटनगरका सामुदायिक स्कुल आर्दश, आर्दश बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिएका थिए ।

सोमबार, फाल्गुण २१, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]