०१ साउन २०८१, मंगलबार

Darshan Daily

६ महिना अगाडि

विराटनगर, १५ माघ । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले आफूले प्रहरी ऐन नियमावलीले दिएको जिम्मेवारी पुरा गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो ‘यो गर्छु त्यो गर्छु भन्नुभन्दा पनि आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
विकास र शान्ति सुरक्षालाई जोड्नुपर्ने मान्यताअनुसार सरकारले काम गर्दा जहाँ अप्ठ्यारो तथा बाधा आउँछ, त्यसलाई फुकाउने काम प्रहरीको रहेको उहाँले बताउनुभयो ।
कोशी प्रदेशको प्रहरी प्रमुख भएर आएपछि सोमबार पत्रकारसँग भएको भेटघाटमा प्रहरी नायव महानिरीक्षक खापुङले प्रहरीलाई जति गाली आईरहेको हुन्छ, त्यो भनेको जनताको प्रहरीप्रतिको धेरै अपेक्षा रहेको बताउनुभयो ।
त्यस्तै दुई देशीय खुला सीमाका कारण चोरी निकासी नियन्त्रणमा समस्या रहेको बताउनुभयो । नेपाल घुम्न आउने भारतीय पर्यटक तथा पर्यटकीय क्षेत्रको सुरक्षा, लाग औषधलगायतका सीमा पार अपराध नियन्त्रण, अपराध अनुसन्धान र नियन्त्रण, शान्ति सुरक्षा तथा प्रहरीको नियमित कामकारबाहीमा आफू गम्भीर रहेको खापुङले बताउनुभयो । । उहाँले लागू औषधको समस्या निक्कै विकराल बनेको पनि उल्लेख गर्नुभयो ।
उहाँले गम्भीर समस्याका रूपमा देखिएको ‘क्रस बोर्डर क्राइम’ लाई रोक्न सुरक्षा योजना बनाएरै काम गरिने जानकारी दिनुभयो । साथै, ‘काउन्टर पार्ट’ सँग समेत नियमित भेटघाट, छलफल र समन्वय गरिने उहाँको भनाइ छ ।
‘समाजमा बढ्दो चोरी नियन्त्रण र त्यसमा संलग्नलाई कारबाही गर्न मजबुत कानुन आवश्यक छ । कानुन सहज भयो भने चोरी रोक्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘कुनै व्यक्ति परिस्थितिले चोर हुँदैन । जन्मजात चोर हुन्छ ।’

मंगलबार, माघ १६, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]