०१ साउन २०८१, मंगलबार

Darshan Daily

९ महिना अगाडि

झापा, १२ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गर्नु भएको छ । आइतबार नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारको आह्वान गर्नु भएको हो ।
संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै उहाँले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले नेपाली कांग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँच वर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताउनुभयो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानुन मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएका कार्कीलाई मुख्यमन्त्रीको रूपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताका लागि गौरवको विषय भएको बताउनुभयो ।
कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको थापाको भनाई छ ।

आइतबार, कार्तिक १२, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]