२० मंसिर २०८१, बिहिबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, १२ जेठ । विकेभिएम स्कुल बिराटनगरले विभिन्न कार्यक्रमको आयोजना गर्दै वार्षिक पुरस्कार तथा स्कुलमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।
वार्षिक पुरस्कारअन्तरगत स्कुलमा प्रथम, दोस्रो र तेस्रो हुने प्रत्येक कक्षाका विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । नर्सरीदेखि कक्षा १० सम्मका ३६ जना विद्यार्थीलाई जम्मा ११ लाग ३४ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको स्कुलले जनाएको छ । स्कुलका प्रशासन प्रमुख रामहरि देवकोटाका अनुसार नगर १० हजारदेखि ७२ हजारसम्मको छात्रवृत्ति दिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर–११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, स्कुलका प्रिन्सिपल रविन दाहाल, भाइस प्रिन्सिपल अन्जली दाहाल, स्कुलका प्रशासन प्रमुख रामहरि देवकोटालगायत शिक्षक तथा शिक्षिकाले पुरस्कार वितरण गरे ।
सोही अवसरमा स्कूलमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्कुलले स्वागतसमेत गरेको छ । स्वागत कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीले गीत तथा नृत्य गरेर उपस्थित अतिथि तथा अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म २७५० विद्यार्थी अध्ययनरत रहेको प्रशासन प्रमुख देवकोटाले जानकारी दिए ।

शुक्रबार, जेठ १२, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]