०३ फाल्गुण २०८१, शनिबार

दर्शन संवाददाता

२ वर्ष अगाडि

बिराटनगर, ८ पुस । चर्को बैंक ब्याजदर र प्रतिकूूल बैंकिङ नीतिहरुका विरूद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुको आन्दोलनलाई मन्त्री जयराम यादवले ऐक्यवद्धता जनाउनु भएको छ ।
नेपाल राष्ट्र बैंक प्रादेश कार्यालय बिराटनगरको गेटमा प्रदेश १ का स्वास्थ्य मन्त्री यादवले शुक्रबार आन्दोलनरत उद्योगी व्यवसायीहरुसँगै केही वेर धर्ना दिएर ऐक्यवद्धता जनाउनु भएको हो ।
मन्त्री यादवले संघीय सरकारले गर्भनर तिर औंला फर्काएर, गर्भनरले सरकार, अर्थ मन्त्रालय तिर औंला फर्काएर यदि एकअर्का पन्छन खोज्छ भने ठूलो धोका नेपाली जनतालाई उहाँहरुले दिइरहनु भएको बताउनु भयो । उहाँले सम्पूर्ण कुराहरुलाई चाँडोभन्दा चाँडो मिलाउनु पर्दछ, भन्नुभयो ।
बैंकहरुको ब्याज वृद्धिले उद्योगी व्यवसायीहरुलाई परेको समस्याहरु सिर्जना भईरहेको त्यो साढेको लडाईमा बाच्छोको मिचाई भइरहेको छ । उहाँँहरुले यो जुँगाको लडाई चाँडो भन्दा चाँडो हल गर्न अनुरोध गर्नुभयो ।

शुक्रबार, पौष ०८, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]