२१ कार्तिक २०८१, बुधबार

दर्शन संवाददाता

२ वर्ष अगाडि

 

विराटनगर, ६ पुस । ९ औं राष्ट्रिय खेलकूद प्रतियोगितामा विजयी हुने खेलाडिलाई एक कार्यक्रमकाबीच बुधबार विराटनगरमा सम्मान गरिएको छ ।
आइटिएफ तेक्वाण्डोमा स्वर्ण पदक विजेता खेलाडीलगायत अन्य खेलाडीहरुलाई प्रदेश १ आइटिएफ तेक्वाण्डो संघले नगदसहित सम्मान गरेको हो ।
विराटनगरमा सघंको २१ औं वार्षिकोत्सवका अवसर पारेर स्वर्ण पदक विजेता खेलाडीहरु कुसुम राजवंशी, रोशन मगर, बीरबहादुर तामाङसहित विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र जोडाङ्गलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेलाई प्रदेश १ का खेलकुद विकास वोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै वाग्लेले प्रदेश सरकारकोतर्फबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई पुस २० गते आगाडि नै एक कार्यक्रमको आयोजना गरी नगदसहित सम्मान गर्ने जानकारी दिए । उनले प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी र परिवारका सदस्यहरुलाई निःशुल्क उपचारका लागि दुई नीजि अस्पतालसँग सम्झौता भई कार्यान्वयनमा आएको समेत बताए ।
उनले खेलकुदको क्षेत्रमा नयाँ र राम्रो काम गर्ने सोच भएपनि विभिन्न बाधा व्यवधान आईरहेको बताए । सदस्य सचिव वाग्लेले खेलकुद विकास वोर्डलाई थाहै नदिई मन्त्रालयले खेलकुदको लागि भन्दै नबुझी पैसा दिने गरेको उल्लेख गरे । केही नहुनुभन्दा पछिल्लो समय खेलकुदको क्षेत्रमा केही भएको उनको भनाई छ ।
आईटिएफका संस्थापक प्रदेश अध्यक्ष प्रवीण कार्की, प्रदेश प्रशिक्षक चतुरलाल चौधरी, धनबहादुर लवाङ र सीता लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाल र प्रदेशको नाम राख्ने यस खेलको विकासका लागि प्रदेश सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयस्तरमा थप प्रशिक्षण उपलव्ध गराउन सहयोग उपलव्ध गराउन आग्रह गरे ।
आइटिएफले पोखरामा भएको राष्ट्रिय खेलकूद प्रतियोगितामा तीन स्वर्णसहित १० पदक ल्याउन सफल भएको थियो ।

बुधबार, पौष ०६, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]