०१ साउन २०८१, मंगलबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, ११ मंसिर । नेकपा (एमाले) का नेता पर्शुराम बस्नेत (कृष्ण) ले आफू जनताको सेवक भएर अझ सशक्त रुपमा काम गर्ने बताएका छन् । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी मोरङ ६ ‘ख’ ले आइतबार विराटनगरमा आयोजना गरेको धन्यवाद ज्ञापन तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले उपविजेता हुँदा निराश नभई उत्साहका साथ जनतासँगै रहेको काम गर्ने बताएका हुन् ।
उनले निर्वाचनमा आफूलाई प्राप्त भएको मतले उत्साह प्रदान गरेको उल्लेख गरे । ‘निर्वाचन एउटा प्रतिस्पर्धा भएकाले हारजित स्वभाविक प्रक्रिया हो,’ उनले भने, ‘तर जनताले म प्रति देखाएको अपार मायाले मलाई उत्साहित बनाएकाले चुनाव हारे पनि जनताकै बीचमा रहेर काम गर्छु ।’
जनताको माया अझै धेरै पाउने हिसाबमा आफू सक्रिय भएर काम गर्ने र जनताकै सेवामा अहोरात्र खटिने उनी बताउँछन् । जनताको सशक्त पार्टीका रूपमा एमालेलाई स्थापित गराउने अभियानमा आपूm लाग्ने उनले बताए । ‘अझै जनताको विश्वास जित्ने गरी अगाडि बढ्छु,’ बस्नेतले भने, ‘जनताको मन जित्ने खालका कार्यक्रम चलाउने योजना छ, अत्यन्तै सम्मानजनक मतभार प्रदान गर्ने जनताप्रति सधैँँ म ऋणी छु ।’
निर्वाचनको मैदानमा आफू उपविजेता भए पनि मतदाताले विश्वास गरेर मत दिने कुरा चानचुने विषय नभएको उनले बताए । ‘बहुदलीय प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष भएकाले जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्ने अवसर प्राप्त गर्दछन्,’ उनले भने, ‘अहिलेको चुनाव मेरा लागि एउटा ठूलो अवसर र सिकाइ बन्यो । आफ्नो अमूल्य मत दिनुहुने सबैप्रति उच्च सम्मान र आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।’
मंसिर ४ गते सम्पन्न निर्वाचनमा बस्नेत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए । उनी सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित भए । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्की १० हजार ४५० मतसहित विजयी बनेका हुन् । एमालेका बस्नेतले ९ हजार २७३ मत ल्याए । कार्की र बस्नेतबीचको मतान्तर १ हजार १७७ छ ।
उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, नागरिक समाज, मतदाता सबैलाई विशेष धन्यवाद दिए । साथै चुनावी अभियानमा सहयोग पु¥याउने पार्टीका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तकलगायतलाई धन्यवाद दिएका छन् ।

आइतबार, मंसिर ११, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]