०१ साउन २०८१, मंगलबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, ९ मंसिर । मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभमा सदस्यमा नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् ।
उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई पराजित गरे । अधिकारी र कार्कीको मतान्तर २ हजार ८ सय छ ।
अधिकारीले १७ हजार ७ सय ५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कार्कीले १४ हजार ९ सय ५२ मत ल्याएको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रमा ६३ हजार ६ सय ७१ मतदाता रहेकोमा ४० हजार २ सय १३ मत खसेको थियो । जसमध्ये ३८ हजार ५ सय २८ मत सदर भएको छ भने १ हजार ६ सय ८५ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्बजनिक गर्दै अधिकारी निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।

 

शुक्रबार, मंसिर ०९, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]