१७ कार्तिक २०८१, शनिबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, १९ कार्तिक । नेकपा एमाले प्रदेश १ ले २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साहलगायतले संयुक्त रुपमा शनिबार प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिवद्धता पत्रमा २६ बटा एजेण्डा समावेश गरिएको छ भने नेकपा एमालेको तीन वर्ष छ महिनामा सरकार संचालनको अवधिमा गरेको मुख्य÷मुख्य कामको उपलव्धी समावेश गरिएको छ । प्रदेशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, जनप्रशासनलाई व्यापक सुधार गर्ने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।
यसैगरी जनप्रतिनिधिहरुले शासक होइन जनताको सेवकको रुपमा कार्य गर्ने, प्रदेशमा कृषिको व्यवसायिकरण,कृषि यान्त्रिकरण, मलखाद, सिंचाई, उद्योगको स्थापना, पर्यटन क्षेत्रमा पूर्वाधारको निर्माण गरी जनताको जीवन स्तर सुधार्ने उल्लेख गरिएको छ । प्रदेशको अवस्था र मौलिकतामा आधारित गरेर प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
प्रतिबद्धतापत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्ने लगायतका विषयहरु प्राथमिकतामा राखिएको छ ।
प्रतिवद्धता पत्रमा प्रदेशलाई मुलुकको प्रवेशद्वार रुपमा विकास गर्ने कुरा समावेश गरिएको छ ।
यसैगरी विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बंगलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने, किमाथांका–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिकतम उपयोग गर्ने कुरा प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले शुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्ने लगायतका विषयहरु प्रतिवद्धतापत्रमा समेटिएको छ । संघीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेहरूका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिने कार्ययोजनाहरू प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
सो अवसरमा स्थायी कमिटी सदस्य बराल, प्रदेश अध्यक्ष न्यौपाने, केन्द्रीय सदस्य घिमिरेले प्रतिवद्धतापत्र प्रदेशका आम मतदाताबीच पु¥याउने र पार्टीका उम्मेदवारहरुलाई विजयी गराइ प्रदेशको समृद्धि बनाउन आग्रह गर्नु भयो ।

शनिबार, कार्तिक १९, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]