बिराटनगर, १४ कार्तिक । छठ पर्वका दिन छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले दमक–१० आमबाडीका दियुु श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उर्लाबारी–६ चन्द्रमा चौकका सरोज बस्नेत, उर्लाबारी–६ वानडाँडाका सन्देश खवास, उर्लाबारी–७ तरूण चौकका सपन खत्री, उर्लाबारी–६ पानी ट्यांकीका मन्जिल माझी र उर्लाबारी–६ वानडाँडाका विकास तामाङ रहेका छन् ।
पुरानो रिसइवीका कारण आइतबार साढे १० बजे उर्लाबारी–७ स्थित मावा खोलामा श्रेष्ठलाई उनीहरुले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते श्रेष्ठको उर्लाबारी स्थित गोदावरी अस्पतालमा उपचार पश्चात वि एण्ड सि अस्पताल विर्तामोड पु¥याईएको थियो । घाइते श्रेष्ठको वि. एण्ड सि. अस्पतालमा सोमबार बिहान पौने ५ बजे मृत्यु भएको जनाईएको छ ।
उनीहरुलाई अनुसन्धान पश्चात घटनामा प्रयोग भएको चक्कु सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।