२० मंसिर २०८१, बिहिबार

दर्शन संवाददाता

२ वर्ष अगाडि

विराटनगर, ४ कार्तिक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलका नेताहरुलाई स्पष्टीकरण सोध्दा कोलाहल नै मच्चाएको बताउँदै अब केही दिन पछि निर्वाचन आयोगले गर्ने निर्णयले भूकम्प नै आउने बताए ।
निर्वाचन आयोगले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सञ्चार माध्यमसम्बन्धी अभिमुखिकरण कार्यक्रममा थपलियाले राजनीतिक दलहरुले आफैले हस्ताक्षर गरेको आचार संहिता उल्लंघन गरेकाले आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि स्पष्टीकरण सोधिएको उल्लेख गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सोधिएको स्पष्टीकरणलाई लक्षित गर्दै प्रमुख आयुक्त थपलियाले स्पष्टीकरण सोध्नु भनेको कार्वाहीको प्रक्रिया सुरु मात्र भएको बताए । ‘हामीले साना आचारसंहिता उल्लंघनका घटना हेर्ने हो’, उनले भने, ठुला घटना सम्बन्धित निकायलाई कार्वाहीको सिफारिस गर्ने हो ।’
निर्वाचन आचारसंहिता कसुर ऐनको दफा २० ले कुनैपनि प्रलोभन दिन नहुने भनिएकोले आचार संहिता उल्लंघन भन्दा ठुलो कसुर भएकोले कार्वाहीका लागि सिफारिस गरिएको उनले बताए । निर्वाचन आयोगले कानुनको पालना मात्र गरेको उनको भनाई छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन खर्चको सिमा र आचारसंहिता कार्यान्वयन गर्ने कुरा मुख्य चुनौती देखिएको उनले बताए । कानुनको कार्यान्वयनका लागि आयोगले कसैलाई पनि सोध्न आवश्यक नरहेको उल्लेख गर्दै थपलियाले भने, ‘कसैलाई कारबाही गर्नु पर्दा आयोग खुसी हुँदैन, तर के गर्नु कानुन नै मिचेपछि बाध्य हुनुपर्छ ।’
सामाजिक सञ्जालको दुरुपयोग गर्दै मिथ्या र भ्रामक सूचना दिने तथा सामाजिक विखण्डन ल्याउने खालका प्रयास नगर्न उनले आग्रह गरे । ‘निर्वाचनप्रति मतदाताको आकर्षण बढाउनुपर्नेमा जोड दिएका थपलियाले हरेक नागरिकलाई छान्ने र छानिन पाउने अधिकार रहेको उल्लेख गरे ।
उनले पछिल्ला केहि समाचारले महिलालाई होच्याउने काम गरेकोमा उनले दःुख ब्यक्त गरे । महिला उम्मेदवार भएको क्षेत्रमा हेविवेटसँग महिला भन्ने खालको हेडलाईन राखेर समाचार प्रकाशित हुँदा होच्याएको जस्तो देखिएको उनले बताए । यस्ता कुराहरुलाई ख्याल गरेर समाचार लेख्न पनि उनले पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै मोरङका मुख्य निर्वाचन अधिकृत आचारसंहिता गुणात्मक र गुणस्तरीय परिचालन भएको बताए । जिल्लामा समानुपातिक मतपत्र प्राप्त भएकोले त्यसको ब्यबस्थापनको काम भईरहेको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले मोरङमा ७ हजार ५ सय सुरक्षाकर्मी परिचालित भएको जानकारी दिए ।

शुक्रबार, कार्तिक ०४, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]