२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

२ वर्ष अगाडि

बिराटनगर, ३१ असोज । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताउनु भएको छ ।
प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा सोमबार यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग गर्न राजमार्ग र मुख्य सडक क्षेत्रमा सिसीटिभी जडान कार्य भइरहेको बताउनुभयो ।
मन्त्री कार्कीले प्रदेश सरकारले सुरक्षित प्रहरीबाट सुरक्षित समाज र नागरिकसमेत सुरक्षित हुने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयहरुको मर्मत गर्न सहयोग उपलब्ध गराएको बताउनु भएको छ ।
कार्यक्रममा प्रहरी दिवसको उपलक्ष्यमा अमर प्रहरी स्मारकमा माल्यार्पण, उत्कृष्ण प्रहरीलाई सम्मान गरिएको थियो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले स्वदेश तथा विदेशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीको ठूलो योगदान रहेको बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भयरहित वातावरणमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न प्रहरीको काँधमा आएको जिम्मेवारी सफलतापूर्वाक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश प्रहरी कार्यालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षकद्वय राजेश बाँस्तोला एवं जयराज सापकोटाले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न निरन्तरकार्य गरिरहेको धारणा राख्नुभयो ।
सो अवसरमा एक लाख राशिको साधनादेवी उत्कृष्ण प्रहरी पुस्कारबाट प्रहरी नायब निरीक्षक भक्तबहादुर श्रेष्ठ र हबल्दार भुवेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको थियो । यसैगरी स्व. विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक पुरस्कारबाट प्रहरी हबल्दार तुलसीप्रसाद पोखरेललाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।

सोमबार, आश्विन ३१, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]