३१ आषाढ २०८१, आइतबार

दर्शन संवाददाता

२ वर्ष अगाडि

बिराटनगर, ९ असोज । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रालयको आफ्नो कार्यकक्षमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर राख्नुभएको छ ।
उहाँले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर राख्नु भएको हो ।
मन्त्री यादवले राष्ट्रपतिको ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रधानमन्त्रीको ठाउँमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राख्नु भएको हो ।
देश संघीयतामा गएसँगै प्रदेशको संरचनाअनुरूप प्रदेश प्रमुख नै राष्ट्रपतिको प्रतिनिधि भएकाले आफूले आफ्नो कार्यकक्षबाट राष्ट्रपतिको तस्बिर हटाएको मन्त्री यादवले बताउनु भयो । संघीयतामा गएपछि प्रदेशका मुख्यमन्त्री कार्यकारी भएकाले उहाँको तस्बिर राखेको अभिव्यक्ति मन्त्री यादवले दिनुभएको छ ।

आइतबार, आश्विन ०९, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]