३० आषाढ २०८१, शनिबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, ६ असोज । विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगितामा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार भएको खेलमा युनाईटेड भेट्रान्स क्लब विराटनगरलाई ६–२ गोलले हराउँदै हाटखोला सेमिफाइनलमा पुगेको हो ।
जितको लागि हाटखोलाका सुरज श्रेष्ठले ह्याट्रिक पुरा गरी पाँच गोल गरे । सुरेन तामाङ्गले एक गोल गरे । युनाइटेडका हर्क गुरूङले एक गोल फर्काएका थिए भने एक गोल आत्माघाती भयो ।
खेल सुरू भएको तीन मिनेटमा हाटखोलाका सुरज श्रेष्ठले गोल गरी सुरूवाती अग्रता दिलाए । उनले पहिलो गोल गरेको ६ मिनेट पनि बित्न नपाउँदै ९ औं मिनेटमा गोल गरी दोब्बर बनाए । सुरन तामाङ्गले २२ औं मिनेटमा गोल गरी तेब्बर बनाए ।
पुरा समय युनाइटेड माथि हाबी भएको हाटखोलाले हाफपछि तीन गोल ग¥यो । ४० औं मिनेटमा सुरजले ह्याट्रिक पुरा गरी ४–० ले अग्रता कायम गरे । हाफपछि हाटखोलाका सुनिल राउतले ५४ औं मिनेटमा आत्माघाती गोल गर्दा युनाइटेडले खाता खुल्ने अवसर पायो ।
सुरजले ५८ औैं मिनेटमा गोल गरी हाटखोलालाई ५–१ ले अग्रता बनाए । युनाइटेकका हर्क गुरूङले ६० औं मिनेटमा गोल गरी ५–२ बनाए । खेलको ७३ औं मिनेटमा सुरजले थप गोल गर्दै हाटखोलालाई ६–२ गोलले जित दिलाउन सफल भए ।
खेल अवधिभरी पाँच गोल गर्दै हाटखोलाका सुरज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय रुपैंया पाए ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल भरौल भेट्रान्स क्लब सुनसरी र दमक–लखनपुर भेट्रान्स क्लब दमकबीच खेल हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।

बिहिबार, आश्विन ०६, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]